नेपालमा कोरोना सङ्क्रमण बढ्दै

नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा  कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ३५५ रहेको छ ।

यही अवधिमा थप १ हजार ३६८ जना निको भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ३८ हजार ३४ जना निको भएका छन् । नेपालमा निको हुने दर ९५.१ प्रतिशत पुगेको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।