चन्दन कुमार महतो। पुष २ गते रौतहट।

यातायात व्यवस्था विभागमा भएको तोडफोड तथा आन्दोलनका कारण सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सेवा प्रभावित भएपछि सेवाग्राहीहरू समस्यामा परेका छन्। यसले विशेषगरी लाइसेन्स दर्ता, नवीकरण तथा अन्य सेवामा अवरोध सिर्जना गरेको छ।

यसै सन्दर्भमा अनलाइन फारम आवेदन (Online Form Apply) प्रणालीमा देखिएका समस्याहरू समाधान गरी व्यवस्थापन सुधार गर्न यातायात व्यवस्था कार्यालय गौर, रौतहटले सम्बन्धित निकायसँग माग गरेको छ। कार्यालयका छैठौँ अधिकृत कामेश्वर साह, र नसिम अहमद,ले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न अनलाइन फारम आवेदन प्रणालीलाई व्यवस्थित र सरल बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

यातायात व्यवस्था कार्यालय गौर, रौतहटमा सेवामा देखिएको अव्यवस्था तथा अनलाइन फारम आवेदन (Online Form Apply) प्रणालीको जटिलताका कारण सेवाग्राहीहरू अनावश्यक रूपमा हैरान भइरहेका छन्।

लाइसेन्ससम्बन्धी सेवा लिन कार्यालय पुगेका सेवाग्राहीहरूले अनलाइन प्रणाली सहज नहुँदा समयमै सेवा नपाएको गुनासो गरेका छन्। अनलाइन फारम नखुलेको, प्रक्रिया बुझ्न कठिन भएको तथा बारम्बार समस्या देखिँदा दैनिक जीवन र रोजगारीमा समेत असर परेको उनीहरूको भनाइ छ।

यस अवस्थाप्रति ध्यानाकर्षण गराउँदै सेवाग्राहीहरूले अनलाइन फारम आवेदन प्रणालीलाई सरल, व्यवस्थित र सेवामुखी बनाउन छिटो सुधारको पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
सेवाग्राहीमैत्री सेवा प्रवाह सुनिश्चित गर्न तत्काल सुधार आवश्यक रहेको उनीहरूको माग छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here