२९ कार्तिक २०८२रौतहट /
रौतहटका सदरमुकाम गौरमा राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा द्वारा कृषिमा विज्ञान स्नातक (B.Sc. Agriculture) का उच्च अध्यापनका लागि आवश्यक पाठ्यक्रम विकास (Curriculum Development) जारी हुने भएको छ।।
कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भु साहले कृषि शिक्षा र सीप अभिवृद्धि देशको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको बताउँदै गौरमा कृषि सम्बन्धी उच्च शिक्षा उपलब्ध हुनु स्थानीय विद्यार्थी र कृषक समुदायका लागि महत्वपूर्ण अवसर हुने धारणा व्यक्त गरे।
राजर्षि जनक विश्वविद्यालयका प्रतिनिधिहरू, कृषि शिक्षाका विज्ञ, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागितामा कार्यक्रममा आगामी सत्रदेखि गौरमै B.Sc. Agriculture कार्यक्रम सञ्चालन गर्ने तयारीबारे पनि जानकारी गराइएको थियो।
कार्यक्रमले स्थानीय आवश्यकता, आधुनिक कृषि प्रविधि र व्यवहारिक ज्ञानलाई समेटेर प्रभावकारी तथा उपयोगी पाठ्यक्रम निर्माण गर्ने उद्देश्य राखेको आयोजकहरूले बताएका छन्।















