रौतहट, २९ कार्तिक । गौर नगरपालिकामा शनिवार एक दिने निःशुल्क आँखाको शिविर सम्पन्न भएका छन् ।

रुईत फाउण्डेशनको आर्थिक सहयोगमा गौर नगरपालिकाको समन्वय तथा नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पतालको संयुक्त अयोजनामा एक दिन निःशुल्क आँखाको शिविर शनिवार गौर नगरपालिकामा सम्पन्न भएका हुन ।

उक्त शिविरमा २१७ जना महिला, २४० पुरुष गरी ४५७ जनाले आँखाको परिक्षण गराए । जसमध्ये २१३ जनालाई औषधी, १९५ जनालाई चश्मा वितरण गरिएको छ भने ११६ जनामा देखिएको मोतिबिन्दु रोगको लागि छनौट भएको कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।

कार्यक्रम संयोजक पाण्डेका अनुसार शैल्यक्रियाको लागि छनौट भएकाहरुलाई निःशुल्क रुपमा सर्जरीको माध्यमबाट मोतिबिन्दुलाई निको पार्ने भोली देखि अभियान संचालन हुने बताए ।

उक्त शिविरमा अपाङ्गता भएका ११ जना बालकको पनि आँखाको परिक्षण गरियो । जसमध्ये ४ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको उनले भने ।

यसअघि शिविरको उदघटान गर्दै गौर नगरप्रमुख शम्भु साहले नगरवासीलाई स्वस्थ राख्ने अभियान अन्तर्गत समय समयमा यस्ता शिविरको आयोजना हुने गरेको बताए । हरेक नगरवासीको आँखा पूर्ण रुपमा स्वस्थ्य होस भन्ने अभिप्रायले बर्षमा एक चोटी निःशुल्क आँखाको शिविरको आयोजना नगरपालिकाबाट गराउदै आएको हुँदा शिविरमा उत्साहपूर्वक नगरवासीको उपस्थिति हुने अपेश उनले गरे ।

उक्त शिविरको उदघाटन सत्रमा नेत्रज्योती संघका अध्यक्ष विजयकुमार सिंह, प्रशासक नागेश्वर प्रसाद चौधरीले सम्पूर्ण व्यवस्थापन तथा सुपरभिजन गरे । शिविरमा नेत्र अधिकृत शिवकुमार यादवको नेतृत्वमा नेत्र दृष्टि विशेषज्ञ मदन चौधरी, सुयोग्य मगर, लालबाबु साह सहित १० जना आँखा अस्पतालको प्राविधिक टोलीले सवेवा प्रदान गरेको संयोजक पाण्डेले जानकार दिए ।

शिविरमा शैल्यक्रियाका लागि छनोट भएका बिरामीहरूको आइतबार, सोमबार र मंगलबार गौर आँखा अस्पतालमै गरिने प्रशासक नागेश्वर चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here