२०८२ साल श्रावण ११ । रौतहट जिल्लाको राजपुर नगरपालिका अन्तर्गत बलुवामा भएको बलात्कार घटनाको विरोधमा स्थानिय महिलाहरूले आज रौतहट जिल्ला अदालत, गौरको गेटअगाडि जोरदार प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले “न्याय बिक्छ भने हामी अदालतमाथि नै प्रश्न उठाउँछौं”, “फैसला किन्न सक्छौं, हाम्रो आवाज होइन!”, “दलित महिलामाथि हुने बलात्कार अन्त्य गर!” र “बलात्कारीलाई फाँसी देउ!” जस्ता आक्रोशपूर्ण नाराहरू लगाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका हुन्।
प्रदर्शनमा सहभागी महिलाहरूले न्याय प्रणालीमाथि प्रश्न उठाउँदै, पीडितलाई न्याय दिलाउन दबाब सिर्जना गर्ने उद्देश्यले शान्तिपूर्ण तर सशक्त आन्दोलनको बाटो रोजेका छन्। उनीहरूले दलित महिलामाथि हुने दुव्र्यवहार, लैङ्गिक हिंसा र सामाजिक विभेद अन्त्य गर्न राज्यले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
उक्त घटनाका दोषीलाई कानूनी रूपमा दण्डित गर्न र बलात्कारजस्ता जघन्य अपराध रोक्न न्याय प्रणालीले निष्पक्षता देखाउनुपर्ने प्रदर्शनकारीहरूको माग छ।















