जनकपुरधाम —मधेश प्रदेशको मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पदबाट राजीनामा दिएका छन्।शनिबार साँझ विश्वासको मत लिन पुगेका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विश्वासको मत पाउने सुनिश्चित नदेखेपछि राजीनामा दिएका हुन् ।
सोनल गएको असोज २९ गते ५६ संसद्को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।सभामुखले कार्यसूचीलाई उछिनेर सांसद रहबर अन्सारीलाई बोल्न दिएको सोनल समर्थित दलहरुले जिकिर गरेका हुन् ।मधेश प्रदेशसभा बाहिर सभामुख रामचन्द्र मण्डलको विरुद्धमा नाराबाजी भएको छ । सभामुख मण्डलले पूर्वाग्रही भएर प्रदेशसभा सञ्चालन गरेको आरोप लगाउँदै पाँच दलका नेता/सांसदहरुले नाराबाजी गरेको हो ।
त्यही कारण सभामुखको कारण राजीनामा दिएको र सम्पूर्ण जिम्मेवारी सभामुखले लिनुपर्ने सोनलले बताएका थिए । उनको कारण संघीयता नै धरापमा परेको सोनलको दाबी छ । सोनल समर्थित दलहरुले सभामुख मण्डलसँग केहीबेर विश्वासको मतमाथिको निर्वाचन स्थगित गर्दिन अनुरोध गरेका थिए । तर, सभामुख मण्डलले प्रदेशसभा कार्य सञ्चालन नियामवली अनुसार सञ्चालन हुने भन्दै मतदानमा जान निर्देशन दिएका थिए ।















