काठमाडौँ । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले मिडिया क्षेत्रलाई सरकारअन्तर्गत नभई संसद्अन्तर्गत राखेर जानुपर्ने बताएकी छन् ।प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद भट्टराईले मिडियालाई सरकारअन्तर्गत राख्दा सरकारले आफ्नो अनुकूल हस्तक्षेप गर्न सक्ने बताएकी हुन् । 

उनले नागरिकले सूचना पाउने संवैधानिक अधिकारलाई मध्यनजर गरेर मिडिया काउन्सिल विधेयक  अगाडि बढ्नुपर्नेमा जोड दिइन् । उनले सञ्चार क्षेत्र स्वतन्त्र र निष्पक्ष नभएसम्म लोकतन्त्रको व्याख्या गर्न नसकिने पनि धारणा राखिन् । उनले भनिन्, ‘नागरिकले सूचना पाउने हकलाई मध्यनजर गरेर यो विधेयक अघि बढाउनुपर्छ ।

स्वनियमलाई संस्थागत गर्दै नियमन गर्ने संयन्त्र विकास गर्न खोजेको छ । जबसम्म मिडिया निष्पक्ष हुँदैन हामीले लोकतन्त्रको व्याख्या गर्न सक्दैनौँ । हामीले एउटा संस्थालाई अर्कोमा रूपान्तरण मात्र होइन फरक तरिकाले अघि बढ्नुपर्छ । संस्थागत मूल्य मान्यताको इतिहास र पृष्ठभूमिमाथि अङ्कुश लगाउन खोजेको पनि आउने गरेको छ । नियमनको नाममा मिडियाको भावनामाथि खेल्नु हुँदैन । मिडियालाई प्रोत्साहित पनि गर्नुपर्छ ।’ 

Riddisiddi  jewellers
Shivam Cement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here