रौतहट । अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकाले स्ट्रिट चाइल्ड अफ नेपाल तथा आसमान नेपालको सहकार्यमा सक्षम परियोजना एकदिने स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। स्वास्थ्य शिविर उद्घाटन समारोहका अध्यक्षता नगर उप- प्रमुखआले गर्नुभएको थियो । कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरू, शिक्षा शाखा प्रमुख, बालिका तथा समावेशी शिक्षा सञ्जाल (GIEN) का प्रतिनिधिहरू, शिक्षक, अभिभावक तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो

शिविर शुबलाल भागवत माध्यमिक विद्यालय, चन्द्रपुर ८ मा आयोजना गरिएको थियो । स्वास्थ्य शिविरमा चन्द्रपुर नगरपालिकाका ४६ ओटा विद्यालयमा अपा‌ङ्गता प्रारम्भिक पहिचान (Early Screening) का क्रममा सम्भावित कठिनाइ भएका करीब १५४ जनाभन्दा बढी विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणका लागि विभिन्न विशेषज्ञ चिकित्सकहरूको सहयोगमा दृष्टि, सुनाइ, हिँडडुल र मानसिक तथा मनोसामाजिकसम्बन्धी सम्भावित कठिनाइ पहिचान भएका विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा आवश्यकता अनुरूपका औषधी तथा परामर्श सेवासमेत प्रदान गरिएको थियो ।

स्वास्थ्य परीक्षणपश्चात् करीब ६५ जनाभन्दा बढी विद्यार्थीहरूको थप जटिल स्वास्थ्य समस्या देखिएको हुँदा थप स्वास्थ्य परीक्षणका लागि रेफरल सेवा, अपाङ्गता परिचयपत्र, व्यवस्थापकीय तथा शैक्षणिक सेवासुविधाहरूको आवश्यकता देखिएको छ । चन्द्रपुर नगरपालिकाले यस प्रकारको विद्यालयका बालबालिका लक्षित पहिलो पटक स्वास्थ्य शिविर सञ्चालन गर्दै समयमै स्वास्थ्य समस्या पहिचान तथा सम्बोधन र आवश्यकता केन्द्रित उपलब्ध शैक्षणिक तथा व्यवस्थापकीय सेवासुविधाहरूको सुनिश्चिततासँगै समावेशी र गुणस्तरीय शिक्षामासमेत मद्दतपुग्ने कुरा नगरपालिका का उपप्रमुख जयमाला कुमारी चौधरीले बताउनु भएको थियो । साथै यसप्रकारको कार्यका लागि सहकार्य गरी सहयोग गरिरहनु भएका स्ट्रिट चाइल्ड तथा आसमान नेपालप्रति धन्यवाद व्यक्त गर्दै आगामि दिनमासमेत निरन्तर सहकार्यको आवश्यकता रहेको वताउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here