२८ मंसिर २०८२रौतहट
गौर नगरपालिका–२ स्थित श्रीराम लखन हरि साह गुरुकुल विद्यापीठ बारे फैलाइएको भ्रमप्रति ध्यानाकर्षण गराउँदै आचार्य संजीव झाले स्पष्ट पार्नुभएको छ कि गुरुकुलमा कक्षा सञ्चालन केवल ६ महिनाका लागि मात्र होइन, सधैँका लागि निरन्तर रूपमा सञ्चालन हुने छ।
उहाँले केही व्यक्तिहरूले अपुष्ट सूचना फैलाएर विद्यार्थी, अभिभावक तथा नगरवासीलाई भ्रममा पार्ने प्रयास भइरहेको बताउँदै यस्ता भ्रामक हल्लामा नपर्न आग्रह गर्नुभयो। गुरुकुल विद्यापीठ दीर्घकालीन शैक्षिक योजनाअन्तर्गत सञ्चालनमा ल्याइएको संस्थान भएकाले यहाँ नियमित रूपमा संस्कृत शिक्षा तथा कर्मकाण्ड सम्बन्धी अध्ययन–अध्यापन हुने उहाँको भनाइ छ।
आचार्य झाले गुरुकुलको उद्देश्य संस्कृत भाषा, संस्कृति र वैदिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै सबैलाई सहयोग र विश्वासका साथ अघि बढ्न अनुरोध गर्नुभयो।















