आईसीसी वर्ल्ड क्रिकेट लीग-२ मा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि ओमान १२१ रनमा अल आउट भएको छ । मस्कटस्थित अल अमरेट क्रिकेट मैदानमा भएको खेलमा सन्दीप लामिछाने र करन केसीले समान ४ विकेट लिएपछि ओमान सस्तैमा समेटिएको हो ।यस्तै शरद भेषावकरले भने २ विकेट लिए। लामिछानेले १८ रन खर्चेर ४ विकेट लिएका हुन् भनेकरनले २५ रन खर्चेका थिए ।

ओमानका लागि जिसन महसुदले ४१ रन बनाए । त्यसैगरी जितेन्दर सिंहले १४ र नमिस खुशीले १२ रन बनाएका थिए । नेपाल यसअघिको खेलमा ओमानसँग नेपाल ५ विकेटले पराजित भएको थियो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *