गृह जिल्ला रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठामा शनिवार आयोजित पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण सुज अभियान अन्तर्गत नगर स्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले मुलुकको चौतर्फि विकास, परिवर्तन र समृद्धिका लागि जनता समाजवादी पार्टी नेपालको कुनै विकल्प नरहेको बताएका छन ।
देशलाई आर्थिक रुपमा समृद्ध र विकसित एक मात्र पार्टी जसपाले नै बनाउन सक्ने भएकोले यसै पार्टीमा लाग्न मन्त्री यादवले सबैलाई अनुरोध गरेका छन ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा विगतका दिनमा भएको विभिन्न आन्दोलनको बलमा सरकारी जागीरमा मधेशी कोटा निर्धारण भएको र सोही कोटाका कारण मधेशका छोरा छोरी अहिले सिडियो, एसपी, डिएसपी, इन्स्पेक्टर, सुब्बा, खरिदार लगाएत बन्न पाएको उनले बताए ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा विगतका दिनमा बनेको मधेशी जनअधिकार फोरम, संघिय समाजवादी फोरम र अहिलेका जनता समाजवादी पार्टी नेपालका कारण देशमा ठुलठुला परिवर्तन भएको चर्चा गर्दै राज्य मन्त्री यादवले अझै परिवर्तन र देश विकासका लागि जनता समाजवादी पार्टीमा लाग्न सबैलाई आग्रह गरेका हुन
उपेन्द्र यादवका कारण मुलुकमा यस्ता कयौं परिवर्तनहरु भएको उनले बताए । मधेशी जनताको हक अधिकार पनि एक मात्र पार्टी जसपा नै दिलाउन सक्ने भएकोले आफना अधिकार र परिवर्तनका लागि आउँदो निर्वाचनमा फेरी जसपालाई नै साथ दिन उनले सबैलाई अनुरोध गरे ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *