४ आश्विन २०७८/online kantipur
गाँजालाई वैधता दिन माग गर्दै एक समूहले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
साथै उनीहरुले दुई साताअघि गाँजा राखेको आरोपमा पक्राउ परेका राजीव काफ्लेको रिहाईको माग गरेका छन्।
उनीहरूले गाँजालाई वैधानिकता प्रदान गरी देशको अर्थतन्त्र उकास्न सरकारसँग माग राखेका छन्। प्रदर्शनकारीले ‘गाँजावादी एक हौँ’,‘देश गाँजा खानेले होइन, नखानेले बिगारेको हो, गाँजा भनेको गाँजा हो आधा नेपालीको खाजा हो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
दुई साताअघि नेपाल प्रहरीले गाँजा सेवन र बिक्रीको आरोपमा राजीव काफ्लेलाई पक्राउ गरेको थियो।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।