असोज ५, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदैछ । सोमबार ‘हेर्दाहेर्दै’ मा राखिएको सो रिट निवेदनका सम्बन्धमा अन्तरिम आदेश जारी गर्नु पर्ने हो या होइन भन्नेबारे आज इजलासले निर्णय सुनाउने छ ।न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त रिट निवेदनमा सोमबार निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । यसैगरी विपक्षी तर्फका कानुन व्यवसायीले पनि सोमबार नै बहस थालेका छन् । यद्यपि विपक्षी तर्फका कानुन व्यवसायीको बहस टुङ्गिएको छैन ।मंगलबार विपक्षी तर्फका कानुन व्यवसायीको बहस टुङ्ग्याएर जवाफी बहस हुने र इजलासले अन्तरिम आदेशका बारेमा फैसला गर्ने सम्भावना छ । एमाले अध्यक्ष ओलीले पार्टीबाट कारवाही गरिएका १४ सांसद समेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।पार्टीले कारवाही गरेको बारेमा जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले ती १४ सांसदलाई पदमुक्त नगरेर नयाँ दल दर्ताका लागि भूमिका निर्वाह गरेको जिकिर पनि रिट निवेदनमा गरिएको छ ।तत्कालीन प्रधानमन्त्री ओलीले गत वैशाख २७ गते प्रतिनिधिसभामा आफूले विश्वासको मत लिँदा अनुपस्थित भएर ह्वीप उल्लंघन गरेकामध्ये पार्टीले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्न पनि रिट निवेदनमा माग गरेका छन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *