आश्विन ६, २०७८

नेपाल हुँदै अमेरिका लैजाने बहानामा बंगलादेशबाट म्यान्मारका रोहिंग्या शरणार्थीहरूलाई काठमाडौं ल्याइने गरेको पाइनु चिन्ताको विषय हो । प्रहरीले यस्तो कार्यमा संलग्न भनिएका तीन जनालाई नियन्त्रणमा लिएको छ । यिनीहरूले अहिलेसम्म अमेरिका जान पाइन्छ भनेर महिला बालबालिकासहित १४ जना रोहिंग्यालाई काठमाडौं भित्र्याएको बताइएको छ ।पक्राउ परेकाहरूले नेपाल पुगेपछि अमेरिका जाने परिचयपत्र पाइने र पुरुषलाई मासिक ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ भत्ता पनि मिल्नेजस्ता प्रलोभन देखाएर शरणार्थीहरू ओसारेको पाइएको छ । उनीहरूले बंगलादेशको ढाकादेखि भारतको बाटो हुँदै नेपालसम्म ल्याएबापत प्रतिव्यक्ति झन्डै साढे ३ लाख रुपैयाँ लिएका रहेछन् । विभिन्न पेसाकर्मीको आवरणमा यसरी मानव तस्करी हुनु र रोहिंग्या शरणार्थीहरूको संख्या थपिँदै जानुले मुलुकमा थुप्रै दृश्य–अदृश्य चुनौती थप्ने निश्चित छ । उनीहरूलाई अमेरिका नै लैजान यसरी नेपाललाई ‘ट्रान्जिट’ बनाउन खोजिएको भए पनि मानव बेचबिखनका दृष्टिकोणबाट त्यो आपराधिक कार्य हो । उनीहरूलाई नेपाल नै ल्याएर छाड्ने दलालहरूको नियत हो भने पनि नेपालका निम्ति त्यो आपत्तिको विषय हो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *