७ आश्विन २०७८, बिहीबार

जनकपुरधाम । भारतबाट भन्सार छलि गरि लाखौ मुल्य बराबरको मालसामान जनकपुर ल्याएको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ज १त ११११ नम्बर पिकअप भ्यानमा भारत बिहारबाट अवैध रुपमा जनकपुर ल्याउदै गरेको कपडा, सारी लगायतका सामानसहित बलेकिया मुकेश साह र नाम खुल्न नसकेका भ्यान चालकलाई नेपाल प्रहरीले बुधवार विहान पक्राउ गरेको छ । उनीहरुलाई जनकपुरको माछा बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानहरु प्रहरीले जनकपुरधामस्थित भन्सार कार्यालयमा बुझाएका छन् भने पक्राउ गरिएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *