आश्विन ८, २०७८ ०

म्याड्रिड — बार्सिलोनाले बिहीबार राति स्पेनी ला लिगामा काडिजसँग गोलरहित बराबरी खेलेको छ । पछिल्ला तीन खेलमा बार्सिलोना जितविहीन रहेको छ । यसले प्रशिक्षक रोनाल्ड कोमनमाथि अझ दबाब बढाएको छ ।रोमन ड कारान्ज स्टेडियममा भएको खेलको ६५ औं मिनेटमा फ्रेन्क डे जोङलाई रातो कार्ड देखाएप्छि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । इन्ज्युरी समयमा कोमनलाई पनि रातो कार्ड देखाइएको थियो ।बार्सिलोनाले अब आइतबार घरमा लेभान्टेको सामना गर्नेछ र त्यस अगाडि कोमन क्लबका प्रशिक्षक रहने छन् अथवा छैनन्, त्यो प्रश्न बनेको छ । अहिलेको नतिजापछि बार्सिलोना लिग तालिकाको शीर्षमा रहेको रियल म्याड्रिडसँग सात अंकले पछाडि परिसकेको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *