१० आश्विन २०७८ 

उच्च अदालत विराटनगरको गेट अगाडि आइतबार दिउँसो एक युवकमाथि खुकुरी प्रहार गरिएको छ। अदालतको गेटमै कमलसिंह रानालाई दिउँसो सवा १२ बजेतिर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। 

खुकुरी प्रहारबाट घाइते भएका रानाको विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न भएको आरोपमा विराटनगरका विमल कार्की पक्राउ परेका छन्। 

प्रहरीले घटनाको थप अनुसन्धानन अघि बढाएको जनाएको छ। 

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *