१० आश्विन २०७८ 

भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमणबाट युवक र वृद्धको मृत्यु भएको छ। जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार २२ वर्षका युवक र ७२ वर्षीय वृद्धको शनिबार राती मृत्यु भएको हो। कोहलपुर नगरपालिका वडा नम्बर ५ बाँकेका २२ वर्षीय युवकको संक्रमणबाट मृत्यु भएको छ।  

यही असोज ४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो। त्यसपछि उनी भोलिपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए। तर, संक्रमण पुष्टी भएको पाँच दिनमै ती युवकको मृत्यु भएको हो। अस्पतालका अनुसार युवकको शनिबार राती १ बजेर ३० मिनेटमा मृत्यु भएको थियो।  

यस्तै बर्दिया, बारबर्दिया नगरपालिका वडा नम्बर ४ का ७२ वर्षीय पुरुषको पनि कोरोनाले ज्यान गएको छ। भेरी अस्पतालमा गत भदौं ३० गते कोरोना पुष्टी भएपछि उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार राती ९ बजेर ३० मिनेटमा मृत्यु भएको फोकल पर्सन तेज ओलीले जानकारी दिए। 

योसँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३४ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४ सय १८ जनाको मृत्यु भएको उनले बताए।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *