१० आश्विन २०७८, आईतवार

वीरगञ्ज । राष्ट्रिय एकता अभियानले वीरगन्जमा मुख्यमन्त्री लालबाबु राउत गद्दीको विरुद्धविरोध प्रदर्शन गर्दै पुतला दहन गरेको छ ।

मदरशा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउँन खोजेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको गृह जिल्ला वीरगन्जमा उनको तस्बीर अंकित पोष्टर जलाएर विरोध गरिएको हो । विरोध जुलुसमा सहभागिहरुले मदरशा विद्येयक खारेज गर, प्रदेश २ लाई तालिवान बनाउन पाउँदैन, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतको नारा लगाएका थिए । वीरगन्जको माई स्थान मन्दिर अगाडीबाट निकालिएको विरोध जुलुस वीरगन्ज नगर परिक्रमा गरी घण्टाघर चोकमा पुगिकोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले पाकिस्तानको ईसारामा नेपालमा मदरशा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउँन खोजेको आरोप लगाए । पाकिस्तानका प्रधानमन्त्री ईमरानखानको दुतभएर आए.एस.आईको एजेन्टको रुपमा मुख्यमन्त्री राउत गद्दी काम गर्दे आएको र पाकिस्तानकै ईसारामा प्रदेश २ मा मदरशा शिक्षा विद्येयक ल्याएर तालिवान बनाउँन खोजेको आरोप लगाए । उनले भने, नेपालमा सामुदायिक विद्यालय छन, विद्यालयहरुमा कुनै जातपात सोधेर शिक्षाप्रदान गरीदैन, शिक्षामाकुनै प्रकारको विभेद छैन तर पनि मदरशा शिक्षा विद्येयक ल्याउनुको अर्थ केर्हो स्लामिकरण तर्फ धकेल्न योजना अनुरुप शिक्षा विद्येयक ल्याईएको उनको आरोप छ ।

मुख्यमन्त्री गद्दीले शिक्षा विद्येयक खारेज नगरे प्रदेश २ मा मुख्यमन्त्री विरुद्ध आन्दोलनको आंधीवेरी ल्याउने र मुख्यमन्त्रीलाई उखाडेर फाल्ने चेतावनी समेत उनले दिए । अध्यक्ष यादवले, मुख्यमन्त्री गद्दीले ईस्लामिकरण गर्नकै लागि प्रदेश २ मा मदरर्शा, मस्जिद थप विस्तार गर्न १८ करोड भन्दा बढी रकम खर्च गरी सकेका छन तर यहाँ रहेकाहिन्दुहरुको मठ मन्दिरमा ३ करोड रुपैया मात्रखर्च गरी विवेद ल्याएको आरोप समेत लगाए । अभियानका जिल्ला अध्यक्ष श्यामकिशोर तिवारीको अध्यक्षतामा भएको विरोध कार्यक्रममा, राष्ट्रिय विद्यार्थी परिषदका अध्यक्ष विवेक कुशवाहा, हिन्दु अभियानता पुरुषोत्तमदुवे, डा. अनिल झा, ब्राहण समाजका पूर्व अध्यक्ष देवनाथ उपाध्याय लगायत हिन्दुवादी नेताहरुको सहभागिता रहेको थियो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *