12 असोज, रौतहट ।नन्द भुषण श्रिबास्तब

रौतहटको सदरमुकाम गौरमा जनता आवास कार्यक्रम समय समयमा कार्यान्वयन नभएको भन्दै आफुहरुले दु:ख पाएको भन्दै दलितहरूले गरेको विरोध प्रदर्शन कार्यक्रम निर्बतमान प्रदेश संसद कुन्दन कुशवाहाको कारण खल्लो तथा उदासीन भएको थियो। । दलित संर्घष समितिले गरेको विरोध प्रदर्शन कार्यक्रम सकिए पछी कोणसभामा कार्यक्रम अस्त व्यस्त बनेको थियो। सदरमुकाम गौरको सिचाई कार्यालयको मोडमा भएको कोणसभामा निर्बतमान प्रदेश संसद कुन्दन कुशवाहाले आफ्नो मनपरी तथा एकलौटी रुपमा कार्यक्रम संचालन गर्ने मनसायले मुख्य बक्तालाइ बोल्न नदिने उद्देश्यले समापनको घोषणा गरेपछि दलित समुदायको कार्यकर्ताहरुले बिरोध समेत गरेका थिए। सो कार्यक्रममा नेकपाका युवा तथा रौतहट क्षेत्र नं १ (ख) का प्रदेश सभा सदस्य प्रत्याशी उपेन्द्र साहले, जनता आवास अन्तर्गतका घरको उचित व्यवस्था नभएको कारण हजारौका दलित पिडित बन्न पुगेका बताउनुभयो। जनता आवास अन्तरगत करोडौ रकम प्रदेश सरकार, स्थानीय सरकारमा आउने गरेको भए पनि स्थानीय सरकारले सो रकम वितरण नगरेर रकम फ्रिज बनाएको भन्दै दलितहरुले प्रदर्शन गरेका हुन । जनता आवास कार्यक्रम अन्तरर्गत दलित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत समेत बुझाएको छ । जनता आवास कार्यालय रौतहटले दलितलाई तिन खन्ड गरि चरणवद्ध रुपले पैसा दिने भनेर नदिएको कारणले आज गौरमा हजारौ दलित भेला भएको युवा तथा लोकप्रिय नेता उपेन्द्र साहले बताउनु भएको छ। रामनाथ माझीको नेतृत्व र युवा तथा लोकप्रिय नेता उपेन्द्र साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा , मौलापुर नगरप्रमुख रिना देवी लगायत अन्य जनप्रतिधिको सहभागिता रहेको थियो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *