धनुषाको जनकपुर स्थित प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर  साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ । 
बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको अख्तियारका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले रातोपाटीलाई बताए । उनले भने– ‘स्थलगत छानविनका लागि टोली गएर कागजात लिएको छ ।’ ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार मूल्यको साइकल किनेको थियो । साइकल खरिदमा कम्पनी नखुलाई किनेर भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो । 
साइकल खरिदबारे  सक्कल कागजात ल्याएर विस्तृत अनुसन्धान गरिने आयोगका प्रवक्ता रिसालले बताए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *