धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ ठाढीस्थित आफ्नो सानीआमाको घर आएकी १६ बर्षिय किशोरीलाई सोही स्थान बस्ने एक युवकले अपहरण शैलीमा जनकपुरको एक होटेलमा लगेर जबरजस्ती करणी गरी छाडेर भागेको आरोप उनको सानीआमाको छ । गत असोज ३ गते धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ हडबारा बस्ने किशोरीलाई सानीआमाकै घरबाट ललाई फकाई लगेर जबरजस्ती करणी गरेको आरोप लगाइएको छ ।

सोही स्थान बस्ने अन्दाजी बर्ष २५ को एक युवक (नाम गोप्य)ले किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । स्थानीय अरुण महराको मोटरसाईकल लिएर किशोरीलाई जनकपुरको होटेलसम्म लगेको पीडित किशोरीलाई उदृत गर्दै उनकी सानीआमा सनेचरी देवी महराले बताइन् ।

आरोपित युवक भदौ ६ गतेदेखि नै फरार रहेको बताइएको छ । किशोरीलाई अहिले ओरेक नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा राखिएको बताइएको छ ।

यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले भने अनभिज्ञता प्रकट गरेको छ । श्रोत

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *