१४ असोज ,अजित कुमार
रौतहट , गौर । भारत नेपाल सिमानाकामा देखिएको अबरोध प्रति गौरमा स्थानिय व्यक्तिहरुले असन्तुष्टि व्यक्त गरेका छ l नेपाल सरकारको मन्त्रि परिषदको बैठकले पटक पटक सिमा खुलेको हल्ला फ़ैलाएपनि स्थानिय स्तरमा सिमानामा देखिएको समस्या कायमै रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन l

स्थानिय राजनीतिक दल तथा नागरिक समाजका व्यक्तिहरुले प्रमुख जिल्ला अधिकारि मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाउदै समस्याको तत्काल समाधान खोज्न मांग गरेको हो l नागरिक समाज रौतहटका अध्यक्ष श्री जगन्नाथ केशरीको नेतृत्वमा स्थानिय राजनीतिक दलका प्रतिनिधिहरुले ज्ञापन पत्र बुझाएका हुन् l

” सरकारले सिमा नाकामा आवागमनलाई सहज बनाउने भन्दै ल्याएको ८ पन्ने गाइड लाइनले सदियौ देखिको बेटी रोटीको सम्बन्धमा आघात पुग्ने देखिन्छ l हामीले तत्काल आवागमन सहज बनाउनु पर्ने भनेका छौ ” जसपा का नेता रेवन्त झाले बताए l उनले कोभिड पछिको अवस्थामा जनजीवन सामान्य बन्दै गएको अवस्थामा सिमामा थप जटिलता ल्याउने प्रयास भएको र त्यो कोभिड्को आडमा राज्य मधेश प्रति असहिशुण बनेको बताए l

अहिले सरकारले जारि गरेको गाइड लाइन अनुसार भारतीय नागरिकलाई नेपाल आउदा अनलाइन फर्म भर्नु पर्ने ब्यबस्था गरेको छ l सो व्यवस्थाले दुवै देश बिचको सदियौ पुरानो सम्बन्धमा आच आउने भन्दै सो प्रावधानको बिरोध भएको हो l
ज्ञापन पत्र बुझाउने क्रममा जसपा नेता रेवन्त झा,लोसपा नेता अनिल सिंह,नेपालि कांग्रेसका मोहन कुमार यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो 1 मोहन कुमार यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो l

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *