१४ आश्विन २०७८१४
विराटनगरका उद्योगीहरूले सुरू गरेको स्वदेशी उत्पादन प्रबर्द्धन अभियान टोली काठमाडाैं पुगेको छ। विराटनगरलगायतका प्रदेश १ का विभिन्न जिल्लामा अभियान सञ्चालन गर्दै आएको उद्योगीहरूको टोली काठमाडाैं पुगेको हो।स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य लिई मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा ‘मेरो देश, मेरै उत्पादन’को अभियान सुरू गरेका थिए। अभियान अन्तर्गत दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरिएको छ। विराटनगरका उद्योगी व्यवसायीको टोलिले राष्ट्रपतिलाई लोगो र प्रतिबद्धतापत्र हस्तान्तरण गरेको मोरङ व्यापार संघले जनाएको छ।स्वदेशी बस्तु प्रबर्द्धन अभियान लिएर पुगेको उद्योगी व्यवसायीको टोलिलाई राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा वृद्धि हुने क्रममा रहेको सन्दर्भमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले स्वदेशी उद्योग तथा वस्तुको बजार प्रबर्द्धनका लागि संचालनमा ल्याएको यस अभियानमा आफनो पूर्ण साथ, सहयोग र समर्थन रहेको बताइन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *