१५ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा प्रभु साह समूह नजाने भएको छ ।८बुँदे प्रस्ताव राखेका साहले बिहीबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए भने साँझ महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग कुराकानी गरेका थिए । तर सहमति नजुटकाले विधान महाधिवेशनमा आफूहरु नजाने साहले बताएका छन् ।उनले अहिलेको एमाले नेकपाकै निरन्तरता हुनुपर्ने मत राख्दै आएका छन् । एमाले अध्यक्ष ओली लगायतका नेताहरुले पनि त्यही भनेका छन्, तर विचारमा भने त्यो देखिँदैन ।

नेकपाले मार्गदर्शक सिद्धान्त जनताको जनवाद भन्ने गरेको थियो । अहिले एमालेले जनताको बहुदलीय जनवाद (जबज)लाई नै निरन्तरता दिएको छ । साह सहितका नेताहरुले दुई पक्षबीच नयाँ समझदारी गर्नुपर्ने माग गर्दै आएका छन् । तर एमाले नेताहरुले माओवादी पक्षका रुपमा मान्न तयार नदेखिएको साह समूहका नेताहरु बताउँछन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *