२० असोज, काठमाडौं ।
क्यानडा पठाउने भन्दै नेपाल बोलाएर पाकिस्तानी नागरिकलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेका जेसन मोहम्मद र ताज रजवाज पनि पाकिस्तानी नागरिक हुन् ।
प्रहरीका अनुसार उनीहरुले फैजान अहमदलाई नेपालको बाटो हुँदै क्यानडा पठाउने भन्दै नेपाल बोलाएका थिए ।विमानस्थलबाट आफूलाई सिभिल होम्समा लगेर बन्धक बनाएको फैजानले प्रहरीसमक्ष बताएका छन् । उनका अनुसार जेसन र ताजले बन्धक बनाएर पाकिस्तानस्थित परिवारलाई म क्यानडा आइपुगे, २० हजार डलर दिनुस् भन्न लगाएका थिए ।
उनीहरुबाट फुत्किएका फैजानले खबर गरेपछि दुबैलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *