नेपाल सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि एसएसबीको अवरोधका कारण बन्द रहेको रौतहटको सीमा नाका पूर्ण रुपमा खुला भएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र भारतीय सुरक्षा अधिकारीबीच पटकपटकको संवादपछि बुधबारदेखि गौर नाका खुला भएको हो । बुधबार जिल्ला भन्सार कार्यालय गौरले भारतीय नम्बरका गाडीको राजस्व संकलन समेत सुरु गरेको छ ।

भारतीय नाका खुलेसँगै दैनिक सयौं मानिस गौर–बैरगनिया पैदल आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । कोरोना महामारीको कारण सरकारद्वारा लकडाउन घोषणासँगै २०७६ चैत ११ गतेदेखि भारतीय सीमा नाका बन्द थियो । चाडपर्वको मुखमा सीमा नाका खुला भएपछि स्थानीयवासी उत्साहित भएका छन् । चाडपर्वमा कपडा, किराना लगायत आवश्यक सामान खरिद गर्न रौतहटका अधिकांश जनता सीमावर्ती बजारमा निर्भर रहन्छन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *