३० असोज, जनकपुरधाम ।
सिरहामा इनारभित्र एक युवक मृत फेला परेका छन् । जिल्लाको नरहा गाउँपालिका ३ स्थित इनारमा गोलबजार नगरपालिका ८ बस्ने २० वर्षीय शत्रुधन महतो शनिबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महतोलाई इनारमा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले युवकको शव निकालेर पोष्टमार्टमका लागि पठाउने तयारी गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक अवधकिशोर ओझाले जानकारी दिए ।स्थानीयका अनुसार युवक नरहामै आयोजित झिझिया नाच हेर्न शुक्रबार राति गएका थिए । नाच हेर्ने क्रममा केही युवकबीच झगडा भएको थियो ।झगडा र महतोको मृत्युको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक ओझाले भने ‘हामीले युवक इनारमा डुबेको विषयमा अनुसन्धान शुरु गरेका छौं,’ ‘तत्काल केही भन्ने अवस्था छैन ।’

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *