३ कात्तिक, सुर्खेत। आइतबार बुलुकीदेखि लगातार परेको भारी वर्षापछि आएको बाढी– पहिरोमा परेर बुधबारसम्म कर्णाली प्रदेशमा ८ जनाले ज्यान गुमाएका छन् ।

प्रदेश प्रहरीका अनुसार अविरल वर्षातका कारण जनजीवन प्रभावित बन्नुका साथै मानवीय क्षति समेत भएको छ । पशु चौपाया र धानबालीमा समेत क्षति पुगेको छ भने कर्णाली राजमार्ग ६ ठाउँमा अवरूद्ध भएको छ ।बाढी–पहिरोमा परि मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका–४, खर्पेल गाउँका ६ जना, जुम्ला र कालिकोटका एक÷एकजना रहेको प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बाढी–पहिरोबाट तीन जना घाइते भएका छन् । कालिकोट रास्कोट नगरपालिका–८, पलातिवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनकी छोरी १३ वर्षीय बाँचु न्यौपाने गोठबाट घर जाने क्रममा पहिरोमा परी घईते भएका छन् । नन्दुको दुबै खुट्टामा चोट लागेको र उनको रास्कोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *