७ कात्तिक, काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आइतबार प्रस्तुत प्रारम्भिक क्षतिको विवरण अनुसार बेमौसमी वर्षापछि आएको बाढी पहिरोले १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो ।बैठकमा महानिर्देशक थापाले कात्तिक १ गतेयता बाढी पहिरोको कारण १० वटा राजमार्ग÷सडक १८ स्थानमा अवरुद्ध छन् ।

हाल दुवै तर्फ यातायात सुचारु भएको राजमार्गको संख्या ३ तथा एकतर्फी यातायात चालु रहेको स्थान ९ रहेका छन् ।

बाढी पहिरोका कारण ४ वटा राजमार्ग अहिले पनि अवरुद्ध रहेको र ६ स्थानमा अहिले पनि यातायात सञ्चालनमा आउन नसकेको उनले बताएका छन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *