१२ कात्तिक, काठमाडौं ।
धादिङको धुनिबेशी नगरपालिका ९ सुरुङमार्गमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने धादिङकै धुनिबेशी नगरपालिका–९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो ।सुरुङमार्गमा बिहीबार बेलुकी सवा ८ बजे भारतीय नम्बरको ड्रम ट्रकले उनलाई ठक्कर दिएको थियो ।

ट्रक चालक फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *