१४ कार्तिक २०७८बाँकेको कोहलपुरस्थित एक होटलबाट प्रहरील तीन जना चितुवाको छाला र हड्डी कारोबारीलाई पक्राउ गरेको छ। चितुवाको छाला र हड्डीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले कोहलपुर ११ स्थित सागर गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले होटलको कोठा नम्बर २०५ बाट कारोबारीलाई रंगेहात पक्राउ गरेको हो। राप्ती सोनारी ९ ढकेरी बाँकेका ३५ वर्षीय हिरासिंह बिक, सुर्खेत पंचपुरी नगरपालिका वडा नम्बर ७ निवासी २४ वर्षीय रमेश वयह र सोही ठाउँका २८ वर्षीय बसन्त बिसी पक्राउ परेका हुन्।
उनीहरुको साथबाट एक थान चितुवाको छाला र एक किलो ४० ग्राम हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिएका छन्। उनीहरु विरुद्ध आवश्यक अनुसन्धान भइरहेको उनले बताए।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *