१४ कार्तिक २०७८ नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँके, बैजनाथ गाउँपालिका ५ की ६३ वर्षीया महिलाको उपचारका क्रममामहिलाको मंगलबार राती साढे १० बजेतिर मृत्यु भएको अस्पताललाई उद्धत गर्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले नागरिकलाई जानकारी दिए।
भेरी अस्पतालमा यही कात्तिक १० गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ थियो। उनी कात्तिक ९ गते नै अस्पतालमा भर्ना भएकी थिइन्। यो संगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३९ जनाको मृत्यु भइसकेको छ। यस्तै कोरोना संक्रमणबाट बाहिरी जिल्लाका ४ सय २७ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले बताए।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *