१४ कार्तिक वन्यजन्तु रेडपाण्डा ओसार पाेसार मुद्दामा अदालतबाट सजाय तोकिएर पनि फरार रहेका व्यक्ति पक्राउ परेका छन्। बैजनाथ गाउँपालिका वडा नम्बर ६ बाँकेका ४२ वर्षका नरबहादुर ओली आइतबार बिहान पक्राउ परेका हुन्जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। ओलीलाई बाँके जिल्ला अदालतले २०७७ असोज २ गते ५ वर्ष ५ महिना १४ दिन कैद सजाय सुनाएको थियो।

अदालतको फैसलापछि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बाँके प्रहरी प्रवक्ता(डिएसपी) मधुसुदन न्यौपानेका अनुसार पक्राउ परेका ओलीलाई आइतबार नै बाँके जिल्ला अदालत समक्ष बुझाइएको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *