१५ कात्तिक,
वरिष्ठ अधिवक्ता सतिश कृष्ण खरेलले प्रधानन्यायाधीश जबराको राजीनामाको सम्बन्धमा राजनीतिक दलहरूले देखाएको मौनता महँगो पर्ने चेतावनी दिएका छन् ।

नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै खरेलले राजनीतिक दलहरुले देखाएको मौनताको मूल्य चुकाउनुपर्ने बताएका हुन् ।

‘अदालतमा आगो लागेको बेला म आगो निभाउँदिन भन्न पाइन्छ ? राजनीतिक दलको यो मौनताको मूल्य निकै महँगो पर्ने छ,’ खरेलले भने ।

अहिले केही नेताहरुले अदालतमा हस्तक्षेप गर्दिन भनेको उल्लेख गर्दै उनले अदालतमा हस्तक्षेप नगर्ने भनेको फैसला र नियुक्तिमा हस्तक्षेप नगर्नु हो भने ।

नेतृत्व ठीक भएन भनेर तलबाट आवाज उठेकाले प्रधानन्यायाधीश जबराले अब पद त्याग्नुपर्ने उनले बताए । उनले आफूहरुको आन्दोलन व्यक्तिविरुद्ध लक्षित नभएको पनि बताए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *