१५ कार्तिक २०७८
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन्। सोमबारको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मत लिन लागेका हुन्।

प्रदेश १ का मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते नै विश्वासको मत लिने तयारी गरेका भएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा वैठक सार्न माग गरेपछि कात्तिक १५ गतेलाई विश्वासको मतको प्रस्ताव माथि छलफल र मत विभाजनको कार्यसुची संसद सचिवालयले सार्वजनिक गरेको छ। प्रदेश १ मा सत्तारुढ नेकपा एमाले अल्पमतमा छ।

प्रदेशसभामा नेकपा एमालेका ४१ जनामात्रै सांसद छन्। प्रदेशसभामा हाल कायम ९२ जना सांसदको बहुमत विपक्षी ५ दलीय गठबन्धनसँग रहेको छ। विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद छन्। प्रदेश १ को प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ जना सांसद आबश्यक पर्छ।मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत नपुग्ने भएका कारण उनले विश्वासको मत लिनु अघि नै राजीनामा दिने संभावना रहेको सत्तारुढ नेकपा एमाले स्रोतले जनाएको छ। ५ दलीय गठबन्धनले भने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने र मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई प्रस्ताव गर्ने तयारी गरेको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *