१५ कार्तिक ,२०७८/रौतहट
गढीमाई नगरपालिकाको धरमपुर नजिक वागमती नदीको पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । दुर्गा भगवती गा.पा.को वडा नं.५ बडहर्वा प्रहरी चौकीमा कार्यरत रहेका धनकौल वैरिया निवासी ३३ बर्षिय रामनिवास यादवको वागमती नदीको पुलमा सोमवार राति ८.१५ बजेको समयमा मोटरसाइकल दुर्घटना भई मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय गरुडा र इप्रका पिपरा रजबाडाको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिदै इप्रका गरुडाका डिएसपी श्रीराम भण्डारीले घटनाको प्रकृति वारे आवश्यक अनुसन्धान भईरहेको तथा दुर्घटना परेर मृत्यु भएको प्रहरी जवान यादवको शवलाई गौर अस्पताल पठाइएको जानकारी दिएका हुन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *