१७ कात्तिक, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)का नेता एवम् प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध महाअभियोग प्रस्ताव पेश गर्नुपर्ने बताएका छन् ।

महाअभियोग प्रस्ताव दर्ता गर्न संसदको विशेष अधिवेशन बोलाउनुपर्ने राईले बताए । ‘प्रधानन्यायाधीशको विकृति गम्भीर रुपमा देखिएको छ । त्यसैले उहाँले राजीनामा दिएर निकाश दिएको भए सबैभन्दा राम्रो हुन्थ्यो,’ राईले भने, ‘यदि उहाँले राजीनामा दिनुहुन्न भने महाअभियोग प्रस्ताव दर्ता गर्न विशेष अधिवेशन बोलाइहाल्नुपर्छ ।’

उनले यदि सरकारले विशेष अधिवेशन आह्वान गरेन भने सांसदहरु नै जुट्नुपर्ने र त्यसमा आफ्नो समर्थन रहने बताए । नेता राईले अदालतभित्रको विकृति अन्त्य गर्नका लागि राजनीतिक दलहरुले अहिले उपयुक्त मौका पाएको पनि बताए ।

यद्यपि, नेता राईको राजनीतिक दल जसपाले भने सर्वोच्चमा देखिएको आन्दोलनका बिषयमा अहिलेसम्म आधिकारिक धारणा तय गरिसकेको छैन।

अदालतमा न्यायाधीशहरु आन्दोलन गरिरहने र प्रधानन्यायाधीशले निकास दिन नचाहने भइरहेकाले अहिले आन्दोलनरत न्यायालयको ध्यान दल तथा संसदतिर सोझिएको छ । तर केही सांसदहरुले फाट्फुट्ट बोल्न थाले पनि दलहरु भने मौन छन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *