२१ कार्तिक,२०७८
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले तराई मधेशमा परापूर्व कालदेखि आयोजना हुँदै आएको नेपाल भारत विराट कुस्ती प्रतियोगिताले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउनु भएको छ ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ मधुवलमा हिजो आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले कुस्ती खेल अनुशासनको परिधिभित्र रहेर तराई मधेशमा परापूर्व कालदेखि खेलिँदै आएको लोकप्रिय खेल भएको हुँदा यसको जगेर्नाका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाल र भारतका २ दर्जन भन्दा बढी कुस्ती खेलाडीहरुको सहभागिता रहेको छ ।प्रतियोगिताको उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियार, प्रदेश सभा सदस्य सिंहासन साह कलवार, मन्जुर अन्सारी, करिमा बेगम, वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी, सखुप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह, जसपा पर्साका अध्यक्ष रामनरेश यादव लगायतको उपस्थिति रहेको थियो ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।