रौतह संवाददाता ः सतेन्द्र प्रताप सिंह
रौतहटका एक विद्यालयमा महिनौदेखि प्रधानाध्यापक बेपत्ता हुँदा विद्यार्थीहरुको भविष्य नै अन्योलमा परेको छ । जिल्लाका ईशनाथ नगरपालिका वडा नं. ७ स्थित विशेश्वर प्रसाद कोइराला आदर्श उच्च माध्यमिक विद्यालयमा विगत एक महिनादेखि प्रधानाध्यापक राकेश ठाकुर विद्यालयमा हाजिर भएका छैनन् ।
प्रधानाध्यापक ठाकुर विद्यालय नआई फरार रहेकाले विद्यालयको पठनपाठन पूर्ण रुपमा बन्द भएको छ । विद्यालयमा अध्यनरत विद्यार्थीहरुका अभिभावकद्वारा बन्द गरेको ताल्चा खुलाइएको छ ।कार्तिक २० गते विद्यालयको सम्पूर्ण हिसाब दिने सर्तमा विद्यालय सञ्चालन गरी अधुरो सम्झौता गरिएको छ । गत वर्ष कोभिड–१९ को महामारीको समयमा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको र छोटो समयको लागि विद्यालय खुल्ला भएतापनि विद्यालय सञ्चालन पूर्णरूपमा ठप्प रहेको हुनाले विद्यालयमा ताला लगाइएको थियो ।
विगत लामो समयदेखि विद्यालय सञ्चालन हुन नसक्दा सयौं विद्यार्थीहरुको भविष्यको जिम्मा कसले लिने हो ? भन्दै अभिभावकहरू चिन्तित बनेका छन् । यसरी विद्यालयको गैरजिम्मेवारीको विषयमा सम्बधित निकायहरूमा पटक–पटक जानकारी गराउँदासमेत केही चासो नलिइएको भन्दै अभिभावकहरू आक्रोशित भएका छन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *