२९ कार्तिक
रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियामा शंकास्पद मृत्यु भएका दुई बालकको शव गरुडा चौक मै राखेर प्रदर्शन भैरहेको छ।

गौर-चन्द्रनिगाहपुरसंग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने गरुडा बजारमा शंस्पद मृत्यु भएका दुबै बालकको शव राखेर सडक अवरुद्ध पार्दै प्रदर्शन भइरहेको छ। देवाहीगोनाही नपा ५ टिकुलियाका संजय मुखियाको ५ वर्षीय छोरा आकास मुखिया र ४ वर्षीय छोरा बिकास मुखियाको बिरगंज स्थित तराइ अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो।

बालकलाई कसैले बिष खुवाएर मारेको भन्दै पीडित परिवार र तिनका आफन्तहरुले घटनाको वास्तविक छानबिन, दोषीलाई पक्राउ, पीडितलाई क्षतिपूर्तिसहितको माग गर्दै गरुडामा शव राखेर प्रदर्शन गरिरहेको बताइएको छ।

शंकास्पद मृत्यु भएका दुबै बालकको शवलाई नारायणी अस्पताल बिरगंजमा पोस्टमार्टम गरिएको छ। रिपोर्ट आउन बाँकी छ। अनुसन्धान गरिरहेको रौतहटका प्रहरीप्रमुख एसपी बिनोद घिमिरेले बताएका छन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *