३० कार्तिक
सञ्चालनमा आएको ६ वर्षपछि यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले सवारी अनुमतिपत्र (लाईसेन्स) उदयपुरबाटै बितरण गर्ने अधिकार पाएको छ। ०७२ असार १ गतेदेखि सञ्चालनमा आएको कार्यालयले यसअघि सवारीसम्बन्धी सम्पूर्ण काम गर्दै आए पनि लाईसेन्स बितरणको अधिकार पाएको थिएन।

लामो प्रयास र प्रक्रियागत झन्झट बेहोरेपछि लाईसेन्स बितरणको अधिकार पाएको कार्यालय प्रमुख सुभाष कार्कीले बताए। उनका अनुसार यातायात व्यवस्था विभागबाट कात्तिक २९ गतेदेखि लाईसेन्ससमेत बितरण गर्ने गरी सवारीसम्बन्धी सबै काम गर्ने अधिकारसहितको पत्र कार्यालयलाई प्राप्त भएको छ।

यो अधिकारसँगै कार्यालयले स्कुटी, मोटरसाईकल, जीप, कार, भेनजस्ता हलुका साधनदेखि बस, ट्रकजस्ता भारी सवारी साधनसम्मको लाईसेन्स बितरण गर्न थाल्ने उनले बताए।

उदयपुरमै रहेको कार्यालयलाई लाईसेन्स बितरण अधिकार नहुँदा सवारी अनुमतिपत्र लिन जिल्लाबासी सेवाग्राही २ नं. प्रदेश सिराहाको लाहान, वीरगञ्ज र सुनसरीको इटहरी पुग्नुपर्ने बाध्यता थियो। दूरीका हिसावले गाईघाटदेखि लाहान ३२ किलोमिटर मात्र टाढा भए पनि अर्को प्रदे्श भएकाले कागजी प्रक्रिया झन्झटिलो हुने गरेको गुनासो आउँथ्यो। १ नंं. प्रदेशकै इटहरीबाट सेवा लिन पाउने भए पनि टाढा हुँदा सेवाग्राही बढी लाहान जानै रुचाउँथे। राजनीतिक दल र सामाजिक अगुवाहरुले लाईसेन्स बितरणको अधिकार गाईघाटलाई दिन माग गर्दै पटकपटक सरकारको ध्यानाकर्षण गराएका थिए।

अधिकार पाएसँगै कार्यालयले लाईसेन्स बितरणका लागि आवश्यक सबै पूर्वाधार तयार गरेको जनाएको छ। कार्यालय प्रमुख कार्कीले अनलाई फाराम खुल्ला भईसकेको र ट्रायल सेन्टर निर्माण भईसकेको बताए।कार्यालयदेखि ३ किलोमिटर पश्चिम मदन भण्डारी लोकमार्ग नजिकै त्रियुगा नगरपालिका ९ गहिरुनमा ‘ट्रायल सेन्टर’ निर्माण भइसकेको छ। त्यस्तै गाईघाटनजिकै बाँसबारीमा सिकारुहरुका लागि ट्रायल प्रशिक्षण स्थल पनि निर्माण भएको छ।

प्रशिक्षण केन्द्र र ट्रायल सेन्टर दुवै निजी लगानीमा निर्माण भएको कार्कीले बताए। लामो समय र पटकपटकको प्रयासपछि गाईघाटबाटै लाईसेन्स बितरण गर्ने अधिकार प्राप्त भएपछि सेवाग्राहीलाई सहज हुने कार्यालयका अधिकृत योगेश्वर खनालले बताए।

अधिकृत खनालका अनुसार यो सुविधाको उपभोग उदयपुरबाहेक खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुरबासीले पनि गर्न पाउने छन्।

यातायात व्यवस्था सेवा कार्यालयमा हाल सातौं तहका अधिकृत कार्की नेतृत्वमा छैठौं तहका अधिकृत १, लेखापाल १, नायव सुब्बा, खरिदार र करार गरी ११ जना कर्मचारी कार्यरत रहेको खनालले बताए।कार्यालयदेखि ३ किलोमिटर पश्चिम मदन भण्डारी लोकमार्ग नजिकै त्रियुगा नगरपालिका ९ गहिरुनमा ‘ट्रायल सेन्टर’ निर्माण भइसकेको छ। त्यस्तै गाईघाटनजिकै बाँसबारीमा सिकारुहरुका लागि ट्रायल प्रशिक्षण स्थल पनि निर्माण भएको छ।

यातायात व्यवस्था सेवा कार्यालयमा हाल सातौं तहका अधिकृत कार्की नेतृत्वमा छैठौं तहका अधिकृत १, लेखापाल १, नायव सुब्बा, खरिदार र करार गरी ११ जना कर्मचारी कार्यरत रहेको खनालले बताए।
विस्तारसँगै जनशक्ति कमी हुने भएकाले आवश्यक्ता अनुसार कर्मचारीको दरबन्दी पनि थप्नुपर्नेतर्फ सरकारको ध्यान जानुपर्ने कार्यालयले जनाएको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *