३० कार्तिक मंगलबार
योगमाया प्रतिष्ठानले विराटनगरमा स्रष्टा सम्मान कार्यक्रम आयोजना गरेको छ। प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव सिर्जना अर्याल सम्मानित भइन्।
उनलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले ‘योगमाया स्मृति सम्मान’ प्रदान गरे। अर्याललाई प्रमुख पराजुली र प्रतिष्ठानकी अध्यक्ष कविता चापागाईंले दोसल्ला, सम्मानपत्रका साथ नगद ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरे।
प्रमुख पराजुलीले ऐतिहासिक सहर विराटनगरलाई आघ्यात्मिक सहर बनाउन आफू प्रयासरत रहेको बताए। ‘आध्यात्मिकताले मानवलाई नैतिक आचरणमा रहन सहयोग पुर्याउँछ,’ प्रमुख पराजुलीले भने, ‘आध्यात्मिक पक्षहरुलाई जोडेर विराटनगरलाई विराट राजाको दरबार बनाउने अभियानमा आफूहरु लागेका छौं।’
२५ सय वर्ष अघिको विराट दरबारको युरोपियन टोलीहरु ल्याएर उत्खनन गर्दा यसको भूगर्भमा बहुमूल्य वस्तु भेटिएको छ। उनले विराट दरबार क्षेत्र बनाउन सकियो भने विराटनगरलाई संसारमा चिनाउने र विश्व सम्पदा सूचीमा समेत सूचिकृत गर्न सकिने बताए।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।