३० कार्तिक
पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरी बजारमा बसको ठक्करबाट एक जना नाबालकको मृत्यु भएको छ। काठमाडौंबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश ३–००१ ख २०० नम्बरको बसले मंगलबार बिहान पथरीशनिश्चरे नगरपालिका–२ मा नाबालकलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ।

बसको ठक्करबाट बेलबारी नगरपालिका–४ घर भएका ७ वर्षीय विवश आचार्यको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

बसको ठक्करबाट गम्भीर घाइते भएका आचार्यको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको खड्काले बताए। आमा भावना आचार्यसँगै सडक पार गर्दै गरेको अवस्थामा बसले नाबालकलाई ठक्कर दिए पनि आमा सकुशल रहेकी प्रहरीले जनाएको छ।

प्रहरीले बस र चालक भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ का ३४ वर्षीय शम्भु थापालाई नियन्त्रणमा लिएर थालेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिमा रहेको बसका कारण दुर्घटना भएको जनाएको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *