१ मंसिर
जानकी मेडिकल कलेजमा आन्दोलनरत कर्मचारीले लगाएको ताला प्रहरीले खोलेको छ । कलेजमा श्रमशोषण भइरहेको भन्दै कर्मचारीले आज बिहान तालाबन्दी गरेका थिए ।

कर्मचारीले तालाबन्दी गरेपछि प्रहरी आएर ताला खोलेको प्रशासक दयानन्द झाले बताए । उनले भन, ‘छलफलबाट समाधान हुने कुरामा तालाबन्दी भयो । विद्यार्थीले पठनपाठनमा असर परेको भन्दै प्रहरी बोलाई तालाबन्दी खुलाए ।’

तालाबन्दी खुलेपछि पठनपाठन शुरु भएको झाले जानकारी दिए । तालाबन्दी खुलेपछि विना अवरोध पढाइ भइरहेको झाले बताए । आन्दोलनरत कर्मचारीलाई वार्तामा आउन अनुरोध समेत गरेको उनको भनाइ छ ।

कर्मचारी, चिकित्सक, फ्याकल्टी र सञ्चालकबीच तलबभत्ता, सञ्चयकोष, दशैं खर्चलगायतबारे विभिन्न मितिहरुमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै कर्मचारीहरुले आज बिहान कलेजको विज्ञान संकायतर्फ ताला लगाएका थिए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *