१ मंसिर २०७८ बुधबार
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मागेका छन्। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत मागेका हुन्।

मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए। तर एमालेले बैठक स्थगित गर्न माग गरेसंगै उनले विश्वासको पाएनन्। नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टीका कारण आफ्ना सांसद आउन नसक्ने भन्दै मंगलबार एमालले बैठक स्थगित गर्न आग्रह गरेको थियो।

९३ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। पाँच दलीय सत्ता गठबन्धनसँग ५० जना सांसद् छन्। प्रतिपक्षी एमालेसँग ४० र राप्रपासँग एक सांसद छन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *