२ मंसिर २०७८ बिहीबार
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रोल्पाले बुधबार जिल्ला कारागार लिवाङमा एक कार्यक्रमको आयोजना गरी महिला कैदीहरुका लागि सेनेटरी वितरण गरेको छ।
कारागारको निरीक्षणको क्रममा महिला कैदीहरुले प्याडको अभावमा महिनाबारीका समयमा पटक पटक समस्या परेको भन्ने गुनासो गरेको हुनाले उनीहरुलाई प्याड सहयोग गरिएको हो।
महिला कैदिलाई बितरण गरिएको ८५ थान सेनेटरी प्याड मध्य ४० थान प्याड पुन प्रयोग गर्न मिल्ने खालको रहेको छ। जिल्ला प्रहरी कार्यालयबाट प्राप्त ४० थान र रोल्पा नगरपालिकाबाट प्राप्त ४५ थान प्याडले कारागारमा रहेका ७ महिला कैदि बन्दीहरुलाई सहज हुने रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बताए।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।