३ मंसिर २०७८ शुक्रबार
प्रहरीले हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीलाई नौ महिनापछि पक्राउ गरेको छ। देवघाट गाउँपालिका–२ बैदीका ३९ वर्षीय मीनबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो।
तनहुँ जिल्ला अदालतको २०७७ फागुन २१ गतेको फैसलाले मगरलाई दुई महिना नौ दिन कैद सुनाएको थियो। अदालतको फैसलापछि उनी फरार थिए। मगरलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालतसमक्ष पेस गरिएको छ। उनलाई बाँकी कैद भुक्तानका लागि अदालतमा पेस गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।
जिल्लामा पछिल्लो समय चोरी, डकैती, लागूऔषध दुव्र्यसनी र सवारी दुर्घटनामा न्यूनीकरण आएको प्रहरीले जनाएको छ। सवारीसाधन जाँचमा तीव्रताका साथै प्रहरीले गस्ती समेत बढाएको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।