३ मंसिर
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले योग गुरु रामदेव क्रान्तिकारी भएको भन्दै प्रशंसा गरेका छन् ।

सुरुमा रामदेव परम्परावादी र रुढीवादी जस्तो लागे पनि संगत गर्दै जाँदा आफूलाई वैज्ञानिक र क्रान्तिकारी लागेको प्रचण्डको भनाइ छ ।

पतञ्जली योगपीठको भवन उदघाटन कार्यक्रमलाई शुक्रबार बिहान काठमाडौंको मण्डीखाटारमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘सुरुसुरुमा लाग्थ्यो उहाँ अलि बढी रुढीवादी हुनुहुन्छ होला, अलि बढी परम्परावादी हुनुहुन्छ होला तर छलफल र संगत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी हुनुहुँदोरहेछ ।’

पूरै समाजलाई निरोगितातिर लैजाने अभियानको नेतृत्व गरेको र आरोग्यताबाट उद्योग सञ्चालनतर्फ उत्पादन वृद्धिको अभियान सञ्चालन गरेको भन्दै प्रचण्डले रामदेवको प्रशंसा गरे ।

बिहीबार बेलुका खुमलटारस्थित निवासमा रामदेवसँगको भेटमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषिमा कसरी क्रान्ति ल्याउन सकिन्छ भनेर छलफल गरेको जानकारी पनि प्रचण्डले दिए । बिहीबार बेलुकी योग गुरु रामदेव र आचार्य बालकृष्ण खुमलटारस्थित निवासमा पुगेर प्रचण्डलाई भेटेका थिए ।

आस्था र पतन्जली टेलिभिजन उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन भन्दै रामदेव र आचार्य बालकृष्ण नेपाल आएका छन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *