३ मंसिर २०७८ शुक्रबार
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले मंसिर १४ गते दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।
‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागी संविद्यानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आह्वान गरिन्छ,’ प्रदेश सभा सचिवालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।